प्रधानमन्त्रीलाई माघे संक्रान्तिको दिन भ्याइनभ्याइ

प्रधानमन्त्रीलाई माघे संक्रान्तिको दिन भ्याइनभ्याइ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिहानैदेखि विभिन्न कार्यक्रममा व्यस्त हुनुभएको छ । माघे संक्रान्तिको सार्वजनिक बिदा भए पनि उहाँ दिनभर राजधानीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

आज योग दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँ सहभागी हुनुभएको छ । राष्ट्रिय योग दिवस मूल समारोह समितिले सानोठिमी, भक्तपुरमा आयोजना गरेको कार्यक्रममा उहाँलाई प्रमुख अतिथि बनाइएको छ । कार्यक्रम अहिले पनि जारी छ ।

त्यसैगरी मध्यान्ह उहाँ टुँडिखेलको कार्यक्रममा उपस्थित हुने कार्यक्रम रहेको बताइएको छ । माघीको अवसरमा थारु समुदायले आज त्यहाँ माघी महोत्सवको आयोजना गर्दैछन् । त्यहाँबाट प्रधानमन्त्री दाहाल दिउँसो १ बजे टुँडिखेलमै मगर समुदायले आयोजना गर्ने माघी महोत्सवमा सहभागी हुने कार्यक्रम छ ।

टिप्पणीहरू