प्रधानमन्त्री र काँग्रेसको रहस्य माघभित्र छर्लङ्ग हुने एमाले सचिवको ठहर

प्रधानमन्त्री र काँग्रेसको रहस्य माघभित्र छर्लङ्ग हुने एमाले सचिवको ठहर

एमाले सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले प्रमुख विपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई एकाएक समर्थन गर्नुको औचित्य र भित्री रहस्य माघ महिनाभित्र खुल्ने बताएका छन् ।

महासेठले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाली काँग्रेसले के उद्देश्य राखेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भन्ने विषयमा अहिले नै सबै भन्न नपर्ने उल्लेख गर्दै भने, ‘माघभित्रै सबै छर्लङ्ग हुन्छ ।’

आगामी बिहीबार राखिएको सभामुखको निर्वाचन र माघको अन्तिम साता हुने राष्ट्रपतिको चुनावमा माओवादीको समर्थनमा काँग्रेस उम्मेदवारलाई विजयी गराउने रणनीतिमा उसले सरकारलाई समर्थन गरेको धारणा सार्वजनिक भइरहेको समयमा महासेठको उक्त धारणा बाहिर आएको हो ।

टिप्पणीहरू