चप्पल कारखानामा विद्वान, आलोकनगरमा रामचन्द्र

चप्पल कारखानामा विद्वान, आलोकनगरमा रामचन्द्र

नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल तरुण दलका अध्यक्षले भेटघाट गरेका छन् । देउवाको चप्पल कारखानास्थित अस्थायी निवासमा तरुण दलका अध्यक्ष विद्वान गुरुङले हिजो बिहान भेट गरेको बताइएको छ । उहाँहरुबीच बिहान ७ बजेदेखि दुई घण्टा कुराकानी भएको तरुण दलले जनाएको छ । उक्त दल नेपाली काँग्रेसको भ्रातृ संगठन हो ।

हिजै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भेटवार्ता गर्नुभएको छ । आलोकनगरस्थित एकीकृत समाजवादीको पार्टी कार्यालमा उहाँहरुबीच मध्यान्ह एक घण्टा छलफल भएको थियोे  ।

टिप्पणीहरू