भोलि शोकविदाको सम्भावना,सबै कार्यक्रम रोकेर प्रधानमन्त्री पोखरातिर

भोलि शोकविदाको सम्भावना,सबै कार्यक्रम रोकेर प्रधानमन्त्री पोखरातिर

जहाज दुर्घटनाको वास्तविक अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जानुहुने भएको छ । 

दुर्घटनाबारे जानकारी लिन केही बेरअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुग्नुभएका प्रचण्ड  दुर्घटनास्थलको अवलोकनका लागि पोखरा जान लाग्नुभएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ । उहाँसँगै केही मन्त्री पनि पोखरा जाने बुझिएको छ । 

यसअघि प्रधानमन्त्रीले आकस्मिक क्याबिनेट बैठक बोलाउनु भएको थियो । दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय,सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिनुभएको छ। 

हेलिकप्टर चढेर पोखरा जान लाग्नुभएका प्रधानमन्त्री प्रचण्डले सबै पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्नुभएको छ ।

टिप्पणीहरू