म्यानपावर चुनावमा मिले समाजवादी र माओवादी

म्यानपावर चुनावमा मिले समाजवादी र माओवादी

सत्ता गठबन्धनको स्वरुपले टाढा बनाएको माओवादी-समाजवादी सम्बन्धलाई म्यानपावर व्यवसायीको चुनावले नजिक्याएको छ । 

माघ ६ मा सम्पन्न हुने वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा माओवादी केन्द्र र एकीकृत समाजवादीसम्बद्ध व्यवसायी संयुक्त प्यालनसहित चुनावमा गएका छन् । माओवादीतर्फबाट डा. ईश्वर जिसीलाई अध्यक्ष, एकीकृत समाजवादी तर्फबाट बाबुराम खड्कालाई द्वितीय उपाध्यक्षको उम्मेदवार बनाई त्यस्तो गठबन्धन बनाइएको हो । उक्त प्यानलको घोषणासभा आज काठमाडौंमा सम्पन्न भयो ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाको उपस्थितिमा घोषणासभा सम्पन्न भएको हो । सो प्यानलबाट प्रथम उपाध्यक्षमा धनलाल जैसी,तृतीय उपाध्यक्ष अनिल बोगटी, महासचिव मधुकर रिजाल,सचिवमा टक्करबहादुर पाख्रिन, कोषाध्यक्षमा केदारनाथ अधिकारी,सदस्यहरुमा एकनारायण काफ्ले, फिरोज खान,कामेश्वर साह,प्रेम गिरी, हरिबहादुर गिरी,सन्दीप पुडासैनी,गणेश कुवर, सरोज कुशवाह छन् ।

टिप्पणीहरू