केपी ओली बालुवाटारमा,माधव नेपाल गौतम निवासमा

केपी ओली बालुवाटारमा,माधव नेपाल गौतम निवासमा

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न बालुवाटार पुग्नुभएको छ । उहाँ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ साढे ५ बजे पुग्नुभएको बताइएको छ ।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच एक घण्टाभन्दा बढी कुराकानी भएको छ । बालुवाटारबाट अध्यक्ष ओली साँझ पौने ७ बजे निस्कनुभएको स्रोतको दावी छ ।

आजै बेलुकी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पनि छलफल भएको छ । देउवा र नेपालबीच बेलुकी ६ बजेदेखि सवा ७ बजेसम्म चप्पल कारखानास्थित कुलचन्द्र गौतमको निवासमा कुराकानी भएको हो ।  

देउवा प्रधानमन्त्रीबाट निवर्तमान भएपछि गौतमको निवासमा बस्दै आउनुभएको छ ।

टिप्पणीहरू