गोरु जुधाएको हेर्न जाँदा गाउँपालिकाको १० लाख स्वाहा

गोरु जुधाएको हेर्न जाँदा गाउँपालिकाको १० लाख स्वाहा

नुवाकोटमा हिजो गोरु जुधाइएको छ । माघे संक्रान्तिको दिन तारकेश्वर गाउँपालिकामा गोरु जुधाउने परम्परा छ । यो परम्पराले पछिल्ला केही वर्षदेखि व्यापकता पाउँदै गएको छ ।

तारुका काठमाडौंबाट गल्छी हुँदै जाँदा सडक यातायातबाट ढिलोमा पनि दुई घण्टामा पुगिन्छ । यस पटकको गोरु जुधाई हेर्न नेपाली काँग्रेसका प्रवक्तासहित एक जना प्रदेश सभा सदस्य र गाउँपालिका अध्यक्ष काठमाडौंबाट हेलिकोप्टरमा गएका थिए । 

गाउँपालिकाले गोरू जुधाइको निम्ति छुट्याएको १० लाख बजेटबाट नेताहरु चढेको हेलिकप्टर खर्चसमेत व्यहोरिएको बताइएको छ । काँग्रेस प्रवक्ता तथा पूर्वमन्त्री डा. प्रकाशशरण महत,काँग्रेस बाग्मती प्रदेश सभामा संसदीय दलका नेता तथा नुवाकोट २ का प्रदेश सभा सदस्य बहादुरसिंह लामा र गाउँपालिका अध्यक्ष शिव अधिकारीले दुई घण्टाको मोटरबाटोमा महँगो हेलिकोप्टर प्रयोग गरेका हुन् ।

तारूका काठमाडौंबाट गल्छी हुँदै जाँदा ६२ किलोमिटर दूरीमा छ । तर, छोटो दूरीमा पनि हेलिकोप्टरमा बजेट खर्चेर गोरु जुधाई हेर्न जानुलाई स्थानीयले ‘स्वाँग’ भनेर नाक खुम्च्याएका छन्  ।

टिप्पणीहरू