फिनल्याण्डको संसदीय टोली दुई वटा विमानमा आउँदै

फिनल्याण्डको संसदीय टोली दुई वटा विमानमा आउँदै

फिनल्याण्डको संसदीय टोली आज काठमाडौं आइपुग्ने कार्यक्रम छ । आठ सदस्यीय टोलीमध्ये केही टर्किस एअरलाइन्सको विमानमा र केही कतार एअरवेजको उडानमा आउँदैछन् । कतारको टोली भने ८:२५ मा अवतरण भैसकेको छ ।

सांसद जोनास कोन्ता नेतृत्वको टोलीमा आउने संसदीय टोली आइसकेको र टर्किस एअरलाइन्सको उडानवाला बिहान ११ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ । टोलीमा औटी आलान्को कोहिलुटो,आइनो काइसा पेकोनेन,हुसेन अल टाइ, इभा रिटा ब्युडेट र भिल्ले कौनिस्टो पनि छन् ।

त्यसैगरी फिनल्याण्डको परराष्ट्र मन्त्रालयबाट विकास नीति विभागकी प्रबन्ध निर्देशक टिटा जोहन्ना माजा र फिनल्याण्डस्थित राष्ट्र संघीय एसोसिएसनकी कार्यकारी निर्देशक हेलेना लौ पनि टोलीमा छन् ।

उनीहरुमध्ये एक जना पर्सि बेलुकी ६ बजे कतार एअरवेजबाट दोहा हुँदै स्वदेश फर्कने छन् भने बाँकी सात जना पनि आगामी शुक्रबार कतार एअरवेजको उडान नम्बर क्युआर ६४५ मा राति २ बजे काठमाडौंबाट दोहा जानेछन् ।

तीमध्ये पाँच जनाले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन अराइभल भीसा लिने बताइएको छ । अन अराइभल भीसा लिनेमा जोनास कास्पेरी कोनिटा, टिटा जोहान्ना माजा, साटु औटी, आइनो काइसा र इभा रिटा हुन् ।

टिप्पणीहरू