रवि लामिछानेलाई अमेरिकाबाट प्रश्न‘अमेरिकी स्टोरमा काम गर्दा वर्षको कति दिन छुट्टी पाउनुहुन्थ्यो ?’

रवि लामिछानेलाई अमेरिकाबाट प्रश्न‘अमेरिकी स्टोरमा काम गर्दा वर्षको कति दिन छुट्टी पाउनुहुन्थ्यो ?’

हिजो पोखरामा भएको यति एअरलाइन्सको एटिआर विमान दुर्घटनामा यात्रु ६८ र चालक दलका चार गरी सबै ७२ जनाको ज्यान गएको छ । सोही दुर्घटनामा शोक मनाउन हिजो दिउँसो बसेको आकस्मिक क्याबिनेट बैठकले आज मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयको प्रस्तावमा क्याबिनेटले बिदा दिएपछि अस्ति शनिवार,हिजो माघी दिवस र आजको शोक बिदा गरेर लगातार तीन दिन बिदा परेको छ । बिदा दिने प्रस्ताव र निर्णय नितान्त गलत भन्दै अमेरिकामा रहेका एक जना पूर्व नेपाली पत्रकारले गृहमन्त्री रवि लामिछानेको उछित्तो काढेका छन् । 

टेक्सासमा सपरिवार बस्दै आएका नुवाकोटका रामचन्द्र भट्टले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अमेरिका देखेर,अमेरिका टेकेर, अमेरिका भोगेर,अमेरिकाबाट सिकेर नेपाल फर्किएका रवि लामिछानेले केही नयाँपन ल्याउने आशा थियो । लास्टमा उही र उस्तै देखिए ।’

"सब वेको मेनेजर हुँदा कति दिन आफूले छुट्टी लिनुहुन्थ्यो ? फेडरल गभर्मेन्टले वर्षको कति दिन छुट्टी दिन्छ ? सबै भुल्नुभयो ? अमेरिकाले विमान दुर्घटना हुँदा छुट्टी कहिल्यै दिएको थियो ?’

 विमान दुर्घटनामा निधन भएकाप्रति दुःख व्यक्त गर्ने,यस्ता दुर्घटना हुन नदिन नीति,नियम बनाउने र प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकतालाई बिर्सेकोमा भट्टले गृहमन्त्रीलाई सुझाव पनि दिएका छन् । आकाशमा उड्ने जहाज मात्र होइन धर्तीमा गुड्ने बस,माइक्रोबस, ट्रक,जीपको प्राविधिक जाँच र सुरक्षामा ध्यान दिनुपर्ने उनको भनाइ छ । तर सार्वजनिक बिदा दिनु भनेको स्रोतको दुरुपयोग र अरु कुनै क्षमता र बुध्दि नहुनुको प्रमाण भएको भट्टको आरोप छ ।

 उनले लेखेका छन्, ‘ए रविजी,तपाईंले अमेरिकाका स्टोरमा काम गर्दा वर्षको कति दिन छुट्टी पाउनुहुन्थ्यो ? सब वेको मेनेजर हुँदा कति दिन आफूले छुट्टी लिनुहुन्थ्यो ? फेडरल गभर्मेन्टले वर्षको कति दिन छुट्टी दिन्छ ? सबै भुल्नुभयो ? अमेरिकाले विमान दुर्घटना हुँदा छुट्टी कहिल्यै दिएको थियो ?’ भावनामा बगेर बिदा दिँदा कुनै अर्थ नहुने उनको सुझाव छ ।

दुर्घटनापिच्छे सार्वजनिक बिदा दिँदा राज्यले कसरी थेग्न सक्छ ? भन्ने बहस पनि शुरु भएको छ । यसैगरी ठूलो संख्यामा हताहती हुने गरी बस दुर्घटना र यात्रुको निधन भएमा के गर्ने भन्ने नयाँ प्रश्न पनि खडा भएको छ । उनले सोधेका छन्, ‘कि जहाज चढ्नेको मात्र जीवन हो, बस मिनीबस चढ्नेहरु जनता होइनन् ? यस्ता हावादारी निर्णय क्याबिनेटबाट गराएर तपाईंले पनि आफू उही ड्यांगको मुला हुँ भन्ने प्रमाणितै गर्नुभयो ।’ उनले यस्तो घटनामा बिदा दिनुलाई टाउको दुखेको ओखती नाईटोमा दल्नुको उपमा समेत दिएका छन् ।

टिप्पणीहरू