भेडेटारको सडकमा जताततै ट्राफिक मिरर

भेडेटारको सडकमा जताततै ट्राफिक मिरर

 सुनसरीको धरान–भेडेटार सडकमा ट्राफिक मिरर जडान गरिएको छ । जंगलको बीचमा रहेको सडकखण्डमा घुम्तीका कारण हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले उक्त मिरर जडान गरिएको बताइएको छ ।

स्थानीय ‘मितेरी स्पोर्ट सेन्टर’ र ‘सचेत धराने समूहले’ भेडेटारदेखि शिवधारासम्म ती मिरर राखेका हुन् । प्रतिथान १८ हजार मूल्य पर्ने मिरर २१ ठाउँमा राखिएको छ ।ती मिररको मेयर हर्क साम्पाङले हिजो उद्घाटन गरेका हुन् ।


 

टिप्पणीहरू