बैठक रोक्न नमिलेपछि गण्डकीमा उपसभामुख चुन्नुअघि शोक प्रस्ताव

बैठक रोक्न नमिलेपछि गण्डकीमा उपसभामुख चुन्नुअघि शोक प्रस्ताव

गण्डकी प्रदेशसभाले उपसभामुख निर्वाचनअघि शोक प्रस्ताव पारित गर्ने भएको छ । पोखरामा हिजो भएको यति एअरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका सम्झनामा आज बस्ने प्रदेशसभा बैठकले शोक प्रस्ताव पारित गर्न लागेको हो । शोक प्रस्ताव पारित भएपछि उपसभामुखको निर्वाचन प्रक्रिया सुरु हुनेछ । उपसभामुखका लागि नेकपा एमालेवाट बाग्लुङकी बिनाकुमार थापा तथा कांग्रेसबाट लम्जुङकी पार्वती तामाङले उम्मेदवारी दर्ता गराएका छन । 

सत्तारुढ गठबन्धनमा आवद्ध नेकपा एमालेको २२, माओवादीको ८ राप्रपाको २ मत छ भने कांग्रेसको २७ मत रहेको छ । उता, एकीकृत समाजवादीको १ मत रहेको प्रदेशसभाले आजै उपसभामुख चयन गर्नेछ । गठबन्धनको मत बढी भएकाले एमालेकी थापा चयन हुने लगभग निश्चित छ । यसअघि नै माओवादीका कृष्ण धिताल सभामुख चयन भईसकेका छन । सभामुखको हैसियतमा उनले मत भने हाल्ने छैनन् । 

पोखरा विमान दुर्घटनामा सरकारले राष्ट्रिय शोक घोषणा गरेपछि मधेस प्रदेश र सुदुरपश्चिम प्रदेशसभा स्थगित भएको थियो । तर, उपसभामुख चयन गर्नुपर्ने समयसीमाकाे संबैधानिक बाध्यताका कारण गण्डकीमा बैठक रोक्न नमिलेको हो ।
 

टिप्पणीहरू