एमाले र माओवादीबीच मन्त्रालय भागबण्डाको फर्मुला : २५ ले भाग

एमाले र माओवादीबीच मन्त्रालय भागबण्डाको फर्मुला : २५ ले भाग

एमालेको समर्थनमा गठित वर्तमान सरकारमा एमाले र माओवादी मन्त्रालय भागबण्डाको फर्मुला बनाएका छन् । संविधानतः २५ जनाभन्दा बढी मन्त्री नियुक्त गर्न नमिल्ने भएकाले एमालेले नयाँ फर्मुलाअनुसार भागबण्डाको सिद्धान्त अघि सारेको बताइन्छ । 

सोबमोजिम एमालेले ११ मन्त्रीको माग गरेको थियो । तर, सात दलको समीकरणमा मन्त्रिमण्डल बिस्तार गर्नुपर्ने भएकाले उक्त हिसाबले काम नगर्ने माओवादी नेताहरुको अडान देखिन्छ । ११ बाट एमाले अहिले ९ मा अडिग रहेको सुन्नमा आएको छ ।

एमालेले अघि सारेको मन्त्रीहरुको भागबण्डामा सरकारलाई समर्थन गरेका सांसदको संख्यालाई सम्बन्धित दलको सांसद संख्याले भाग गर्दा आउने अंकलाई आधार मान्ने भनिएको छ । जसअनुसार सरकारलाई समर्थन गर्ने १६९ जनाको संख्याले एमालेको ७८ सीटलाई भाग लगाउने, त्यसो गर्दा ० दशमलव ४६ आउँछ त्यसलाई २५ ले गुणन गर्दा एमालेको भागमा ११ दशमलव ५४ मन्त्री पर्न आउँछ ।

टिप्पणीहरू