जर्नेल मिटिङमा व्यस्त भएपछि यतै रोकियो स्काई ट्रक

जर्नेल मिटिङमा व्यस्त भएपछि यतै रोकियो स्काई ट्रक

पोखराबाट शव ल्याउनका लागि तयारी अवस्थामा रहेको स्काई ट्रक यतै रोकिएको छ । नेपाली सेनाको डीजीएमओ टीमसहितको बैठक बसेपछि स्काई ट्रक रोकिएको हो । जर्नेल बैठकमा व्यस्त भएपछि स्काई ट्रक सञ्चालनमा रुकावट आएको बताइन्छ ।

जर्नेलले हस्ताक्षर नगरेसम्म स्काई ट्रक नउड्ने स्रोतले बतायो । सेनाको एम्बुलेन्स, हेलिकप्टर र स्काई ट्रक हाल स्टयाण्डबाइमा छ । हिजो बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा पहिचान हुन नसकेका शव काठमाडौं ल्याउन चिकित्सकहरुको विशेषज्ञ टोली पोखरा पुगिसकेको छ । 

शव काठमाडौं ल्याउने जिम्मा सेनाले पाएको छ । यता,सेनाले शवको अवस्था बुझ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने विशिष्ट व्यक्ति र मृतकका आफन्तलाई बस्ने ठाँउको प्रबन्ध पनि मिलाएको छ ।जहाजमा सवार ७२ जनामध्ये हालसम्म ६९ जनाको शव फेला परेको छ । जसमध्ये अहिलेसम्म ३५ शव पहिचान भइसकेको छ । 

पहिचान भएका पोखरा र सो आसपासका शवहरु त्यहीँ पोष्टमार्टम गरी मृतकका आफन्तलाई हस्तान्तरण गर्ने तयारी छ । विदेशी र काठमाडौँ घर भएकाहरुको शव भने परीक्षणका लागि शिक्षण अस्पताल, महाराजगन्ज लगिने छ ।
 

टिप्पणीहरू