विमान दुर्घटनाका शव काठमाडौँ ल्याउन सैनिक जहाज पोखरा उड्यो

विमान दुर्घटनाका शव काठमाडौँ ल्याउन सैनिक जहाज पोखरा उड्यो

हिजो बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये पहिचान हुन नसकेका शव काठमाडौँ ल्याउन नेपाली सेनाको हेलिकप्टर पोखरा उडेको छ । 

शव काठमाडौं ल्याउने जिम्मा पाएको सेनाले एम आई १७ एनए ०५३ हेलीसहित स्काई ट्रक पोखरा पठाइएको हो । सेनाको मध्य हवाई सुरक्षा बेसबाट उक्त जहाज अपराह्न पौने चार बजे पोखरातर्फ लागेको छ । 

यसअघि हेलिकप्टरसहित स्काई ट्रक पोखरा पठाउन सैनिक टीमसहितको बैठक बसेको थियो । 

विमान दुर्घटनामा पहिचान हुन नसकेका शव काठमाडौं ल्याउन त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जबाट चिकित्सकहरुको विशेषज्ञ टोली आज बिहानै पोखरा पुगिसकेको छ ।
 

टिप्पणीहरू