बालकोटमा भागबण्डा टुंगियो,साँझ बालुवाटारमा निर्णय हुने

बालकोटमा भागबण्डा टुंगियो,साँझ बालुवाटारमा निर्णय हुने

मन्त्रालयको भागबण्डा टुंगो लगाउन सत्ता साझेदार दलहरुको बैठक बोलाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भएको साढे चार घण्टा लामो छलफल सकिएलगत्तै गठबन्धनको बैठक बस्न लागेको हो । 

आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बैठक आह्वान गरिको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री प्रचण्डले ओली निवास बालकोटबाट बाहिरिने क्रममा आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताउनुभएको थियो । 

स्रोतका अनुसार बालकोट बैठकमै मन्त्रालय भागबण्डाबारे प्रचण्ड र ओलीबीच सहमति जुटिसकेको छ । सोहिअनुसार साँझ बस्ने बैठकले औपचारिक निर्णय गर्ने बताइन्छ । 

गत पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएका प्रचण्डले पुस २६ मा विश्वासको मत लिइसक्नु भएको छ । तर, हालसम्म क्याबिनेट विस्तार हुन् सकेको छैन । क्याबिनेटमा अहिले एमालेका ५, माओवादीबाट २, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट १ र जनमत पार्टीबाट १ जना सहभागी छन् । बाँकी १७ वटा मन्त्रालयको भागबण्डा मिलाउन बालकोट बैठकले मोडालिटी तय गरेको बुझिएको छ ।

टिप्पणीहरू