सेनाको हेलिकप्टर उतै रोकियो, भोलि बिहान मात्र शव ल्याइने

सेनाको हेलिकप्टर उतै रोकियो, भोलि बिहान मात्र शव ल्याइने

हिजो बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये पहिचान हुन नसकेका शव काठमाडौं ल्याउन उडेको नेपाली सेनाको हेलिकप्टर पोखराको पुरानो विमानस्थलमा रोकिएको छ । 

शव काठमाडौं ल्याउने जिम्मा पाएको सेनाको मध्य हवाई सुरक्षा बेसबाट एमआई १७ एनए०५३ हेलिकप्टरसहित स्काई ट्रक उता गएको थियो । साढे ५ बजेसम्म शव लिएर काठमाडौं फिर्ता हुने कार्यक्रम रहेपनि समन्वयको अभावमा काम हुन सकेन। 

"त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको पार्किङ्गमा बिहान ९ बजेदेखि पर्खेर बसेका शववाहनहरुलाई फिर्ता पठाइएको छ ।"

शव हस्तान्तरण नसकिएपछि सेनाको हेलिकप्टर उतै रोकिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको पार्किङ्गमा बिहान ९ बजेदेखि पर्खेर बसेका शववाहनहरुलाई फिर्ता पठाइएको छ । 

सेनाको हेलिकप्टर भोलि बिहान साढे ७ बजे मात्र काठमाडौं आउने बताइएको छ ।

टिप्पणीहरू