भोलि नयाँ मन्त्री छान्न बालुवाटारमा बैठक जारी

भोलि नयाँ मन्त्री छान्न बालुवाटारमा बैठक जारी

मन्त्रालयको भागवण्डा मिलाउन सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । 

सरकारमा सहभागी दलहरुबीच मन्त्रालय बाँडफाँटको मोडालिटी तय गरी आजै टुंग्याउने तयारीका साथ बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् । 

यसअघि शक्ति भागबण्डाकै विषयमा आज दिउँसो प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालकोटमा साढे चार घण्टा लामो छलफल भएको थियो । बालकोटमै प्रचण्ड र ओलीबीच भागबण्डाको सहमति जुटेको र जारी बैठकले यसबारे औपचारिक निर्णय गर्ने स्रोतले बताएको छ ।

टिप्पणीहरू