नहरमा डुबेर पुरुषको मृत्यु भएको आशंका

नहरमा डुबेर पुरुषको मृत्यु भएको आशंका

सुनसरीको बराहक्षेत्र ७ बत्तिस आरडिस्थित सुनसरी-मोरङ्ग सिन्चाइ आयोजनाको नहरमा डुबेर ४० बर्षीय पुरुषको मृत्यु भएको आशंका गरिएको  छ । आजै मध्याह्न पुलबाट नहरमा बेपत्ता भएका वीरबहादुर थापा ( हिमाल) को मृत्यु भएको हो । 

प्रहरीका अनुसार नहरमा बेपत्ता भएको थाहा पाउनासाथ नेपाल प्रहरी,सशस्त्र प्रहरी,नगर प्रहरी तथा स्थानीयहरु खोजी कार्यमा लागिपरेका थिए । बेपत्ता भएको करिव २ घण्टापछि खसेको १ किलोमिटर टाढा शेरे चोक नजिक थापाको शव फेला परेको सुनसरी प्रहरीले जानकारी दिएको छ ।

शवलाई पोस्टमार्टमकालागि धरान स्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ । स्थानीयका अनुसार मादक पदार्थ सेवन गरेर नहरमा खसेको हुनसक्ने अनुमान गरिएको छ
 

टिप्पणीहरू