लेटाङमा दलित महिला वडा सदस्य बितिन्

लेटाङमा दलित महिला वडा सदस्य बितिन्

मोरङको लेटाङ नगरपालिका वडा नम्बर ४ कि दलित महिला वडा सदस्य मुना विश्वकर्माको निधन भएको छ । विश्वकर्माको हिजो साँझ आफ्नै निवासमा मृत्यु भएको बताइएको छ । क्षयरोगबाट ग्रसित ४१ वर्षीया विश्वकर्माको परिवारलाई विराटनगरस्थित नोबेल अस्पतालका चिकित्सकहरुले उपचार असम्भव रहेको जानकारी गराएपछि घरमै ल्याइएको थियो ।

विश्वकर्मा गत बैशाखमा भएको स्थानीय तह निर्वाचनदेखि सामान्य बिरामी रहेको परिवारका सदस्यले बताएका छन् । तर पछिल्लो एक महिनादेखि उनको स्वास्थ्य  अवस्था गम्भीर बन्दै गएको थियो ।

टिप्पणीहरू