मन्त्री नहुँदै राप्रपामा बधाईको ओइरो

मन्त्री नहुँदै राप्रपामा बधाईको ओइरो

सत्ता गठबन्धनले क्याबिनेट बिस्तार नगर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसदहरुलाई बधाईको ओइरो लाग्न थालेको छ । राप्रपाले उपप्रधानसहित तीन वटा मन्त्रालयको जिम्मेवारी पाउने खबर बाहिरिएपछि समर्थकहरुले बधाईका सन्देशसहित सामाजिक सञ्जाल रंगाएका छन् ।

पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन उपप्रधानमन्त्रीको जिम्मेवारीसहित उर्जा मन्त्रालयमा जाने तयारी  छ । तीन वटा मन्त्रालयमा को को पठाउने भन्ने औपचारिक निर्णय राप्रपाले पनि गरिसकेको छैन । तर, बधाईका सन्देश व्यापक भएका छन् ।

लिंगदेनको नेतृत्वमा चितवनका सांसद विक्रम पाण्डे,नवलपरासीका पूर्व आइजिपी ध्रुवबहादुर प्रधान र राज्यमन्त्रीमा मकवानपुरबाट कमल थापालाई हराएका दीपकबहादुर सिंहलाई देश र जनताको हितमा काम गर्न सफलता मिलोस् भन्दै हार्दिक बधाई तथा मंगलमय  शुभकामना व्यक्त गरिएको छ ।

मन्त्रिमण्डल बिस्तारबारे बालुवाटारमा आज बस्ने सत्ता गठबन्धनको बैठकले अन्तिम निर्णय गर्न बाँकी छ ।

टिप्पणीहरू