ऋषि धमलापछि भारतीय दूतावास छिरे शुभशंकर कँडेल

ऋषि धमलापछि भारतीय दूतावास छिरे शुभशंकर कँडेल

पत्रकार ऋषि धमला पछिल्लो १० दिनमा छ पटक भारतीय दूतावास छिरे । उनले दूतावासमा एक पटक बाहेक सबै दिन भारतीय खुफिया एजेन्सी ‘र’ का काठमाडौं प्रमुख राघव भट्नागरसँग कुराकानी गरेका हुन् । एक दिन भने उक्त एजेन्सीका उपप्रमुख अनिल गिरीसँग भेट गरेको बताइन्छ  ।

सोही क्रममा हिजो एबिसी टेलिभिजनका अध्यक्ष शुभशंकर कँडेल भारतीय दूतावास छिरेका हुन् । बिहान पौने ११ बजे त्यहाँ पुगेका कँडेल डेढ घण्टापछि बाहिरिएका थिए । कँडेलले भारतीय राजदूत नवीन श्रीवास्तवसँग कुराकानी गरेको टिभीका एक म्यानेजरले बताए ।

टिप्पणीहरू