यी हुन् प्रचण्डको क्याबिनेटमा रहने मन्त्रीहरु

यी हुन् प्रचण्डको क्याबिनेटमा रहने मन्त्रीहरु

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज क्याबिनेट विस्तार गर्नुहुने भएको छ । हिजो साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकले मन्त्रालय भागबण्डा टुंगो लगाएसँगै प्रधानमन्त्रीले क्याबिनेट विस्तार गर्न लाग्नुभएको हो ।  

सत्ता साझेदार दलमध्ये एमालेले ८ वटा मन्त्रालय पाएको छ भने माओवादी केन्द्रले चार वटा पाएको छ । दुवै दलले एक-एक जना राज्यमन्त्री पनि बनाउने छन् । त्यस्तै, रास्वपा र राप्रपाले तीन-तीनवटा मन्त्रालयको नेतृत्व गर्नेछन् । रास्वपा र राप्रपाको भागमा एक-एक राज्यमन्त्री पनि परेको छ । जनमत पार्टीले एउटा मन्त्रालय पाएको छ । 

गठबन्धनमा हिजो साँझ भागबण्डा टुंग्याएका दलहरुले आ-आफ्नो भागमा परेका मन्त्रीहरुको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् । आज दिउँसो राष्ट्रपति भवन शीतल निवासमा मन्त्रीहरुको शपथ हुनेछ । 

एमालेले विमला राई पौडेल,पदम गिरी,भगवती चौधरी र हरिप्रसाद उप्रेतीको नाम प्रधानमन्त्रीलाई दिएको छ । एमालेबाट यसअघि नै चार जना मन्त्री नियुक्त भैसकेका छन् । जसमध्ये उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बाहेक अरु तीन जनाले जिम्मेवारी पाएका छैनन् । 

राईलाई परराष्ट्र मन्त्रीको शपथ गराउने तयारी छ भने उप्रेती रक्षा मन्त्री बन्दैछन् । त्यस्तै,चौधरीलाई महिला,बालबालिका तथा समाज कल्याण र गिरीलाई स्वास्थ्य मन्त्री बनाइने छ । सरकारको नेतृत्वकर्ता दल माओवादीले आफूले पाएको चार मन्त्री र एक राज्यमन्त्रीमध्ये क्याबिनेटमा जाने तीन जना छानेको छ । माओवादीबाट रेखा शर्मा सञ्चार,सुदन किराँती पर्यटन र अमनलाल मोदी सामान्य प्रशासन मन्त्री हुने छन् । नारायणकाजी श्रेष्ठ यसअघि नै उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री भैसकेका छन् ।  

यसअघि नै गृह मन्त्रालय लिएर सभापति रवि लामिछानेलाई पठाएको रास्वपाले श्रम र शिक्षा मन्त्रालय पाएको छ । डोलप्रसाद अर्याल श्रम र शिशिर खनाल शिक्षा मन्त्री बन्ने भएका छन् । डा.तोसिमा कार्कीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाउने रास्वपाको निर्णय छ । त्यस्तै,राप्रपाबाट राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री,सहरी विकासमा विक्रम पाण्डे र कानुनमन्त्री ध्रुवबहादुर प्रधान बन्ने भएका छन् ।

यस्तो बन्नेछ प्रचण्ड नेतृत्वको क्याविनेट :

प्रधानमन्त्रीः पुष्पकमल दाहाल प्रचण्ड 

उपप्रधानमन्त्री : बिष्णुप्रसाद पौडेल, अर्थ।
                    : नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार
                    : रवि लामिछाने,गृह
                    : राजेन्द्र लिङदेन, उर्जा

मन्त्रीहरु :

एमालेबाट

डा. विमला राई पौडेल-परराष्ट्र
हरि उप्रेती-रक्षा
पदम गिरी-स्वास्थ्य
ज्वालाकुमारी साह-कृषि
भगवती चौधरी-महिला,बालबालिका 
दामोदर भण्डारी-उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय
राजेन्द्र राई,

माओवादीबाट :

रेखा शर्मा-सञ्चार
सुदन किराती-पर्यटन
अमनलाल मोदी-सामान्य प्रशासन

रास्वपाबाट:

शिशिर खनाल-शिक्षा
डोलप्रसाद अर्याल-श्रम तथा रोजगार

राप्रपाबाट :

विक्रम पाण्डे-शहरी विकास
ध्रुव प्रधान-कानून

जनमतबाट :

अब्दुल खान

राज्यमन्त्री :

डा. तोसिमा कार्की-स्वास्थ्य
दिपकबहादुर सिंह-ऊर्जा
 

टिप्पणीहरू