पर्सि बिहान ११ बजे सभामुख चुनिने

पर्सि बिहान ११ बजे सभामुख चुनिने

संघीय संसद् सचिवालयले प्रतिनिधि सभाको सभामुख पदको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले निर्वाचनको मिति र समय तोकेका हुन् । आउँदो माघ ५ गते बिहीबार बिहान ११ बजेदेखि शुरु हुने प्रतिनिधि सभाको बैठकमा सभामुख चयन गरिनेछ । 

सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार भोलि दिउँसो १ बजेदेखि ४ बजेसम्म सभामुख पदमा निर्वाचित गरियोस् भनि प्रतिनिधि सभा नियमावली २०७५ को नियम ७ को उपनियम (२) बमोजिम प्रस्तावको सूचना दर्ता गरिनेछ । त्यस्तै, ४ बजेर १५ मीनेटमा निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारको सूचनाको दर्ता क्रमअनुसार सूची प्रकाशन गरिने कार्यतालिकामा उल्लेख छ । 

माघ ५ गते प्रतिनिधि सभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनि प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ संसद बैठकमा प्रस्तुत गर्ने कार्यसूची छ ।
 

टिप्पणीहरू