तरकारी तथा फलफूल किनमेलमा १५ प्रतिशतसम्म छुट

तरकारी तथा फलफूल किनमेलमा १५ प्रतिशतसम्म छुट

विद्युतीय कारोबारलाई प्रवद्र्घन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बीग मार्टसँग सहकार्य गरेको छ । प्रत्येक बुधबार र शनिबार तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा छुट अफर राखिएको छ ।

उक्त छुट अफरअन्तर्गत ग्राहकले तरकारी तथा फलफूल खरिदको क्रममा स्मार्ट क्युआरमार्फत् भुक्तानी गर्दा १५ प्रतिशत (अधिकतम १ सय ५० रुपैयाँ) सम्म छुट प्राप्त गर्न सक्ने बताइएको छ ।स्मार्ट क्युआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकले बीग मार्टको सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

यस अफरअन्तर्गत बीग मार्टको सम्पूर्ण शाखामा एनआईसी एसिया मोबाइल बैंकिङ्ग, ग्लोबल स्मार्ट प्लस, आइएमई पे, प्रभु पेलगायत एपमार्फत् भुक्तानी गर्न सकिनेछ ।

टिप्पणीहरू