गाउँपालिका अध्यक्षविरुद्ध तीन दर्जन जनप्रतिनिधि

गाउँपालिका अध्यक्षविरुद्ध तीन दर्जन जनप्रतिनिधि

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङमाथि मनोमानी गरेको आरोप लागेको छ । उनले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकारको परिधिभन्दा बाहिर गएर काम गरेको बताइएको छ ।

अध्यक्षले आफू र आफूसम्बद्ध दलप्रति लक्षित रहेर जनप्रतिनिधिको मूल्य र मान्यताविपरीत कार्य गरेको आरोप लगाउँदै उपाध्यक्षसहित सम्पूर्ण जनप्रतिनिधिहरुले विशेष गाउँसभाको माग गरेका छन् । जनप्रतिनिधिको मूल्य मान्यता बिर्सेर विधि लत्याउँदै कानुनी शासनको धज्जी उडाएको भन्दै उनीहरुले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ परिच्छेद ४ दफा १९ को उपदफा ३ बमोजिम विशेष गाउँसभा तत्काल बोलाउन भनेका छन् । 

सभामा आधारभूत तथा माध्यमिक शिक्षा सञ्चालन कार्यविधि २०७४, आर्थिक वर्ष २०७९–८० को स्रोत सुनिश्चित नभई विनियोजित बजेट कार्यान्वयन, प्रकाशित भइसकेको र हुन बाँकी स्थानीय राजपत्र सम्बन्धलगायत सात बुँदे विषयमा ध्यानाकर्षण गराइने बताइएको छ । 

जनप्रतिनिधिहरुले उनीविरुद्ध गाउँ कार्यपालिकामा निवेदनसमेत दर्ता गराएका छन् । निवेदनमा उपाध्यक्ष सरु लामालगायत ३७ जनप्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

टिप्पणीहरू