देउवा निवासमा काँग्रेस बैठक शुरु

नेपाली काँग्रेसको पदाधिकारी बैठक शुरु भएको छ । बैठक सभापति शेरबहादुर देउवा बस्दै आउनुभएको चप्पल कारखानास्थित गौतम निवासमा भइरहेको छ ।

सभापति देउवाको अध्यक्षतामा बसेको बैठकमा हालसम्म एक दर्जन पदाधिकारी उपस्थित रहेको बताइएको छ । आज दिउँसो सभामुखको उम्मेदवारी मनोनयन र भोलिको सभामुख निर्वाचनपछि लगत्तै हुने उपसभामुख तथा राष्ट्रपतिको आगामी निर्वाचनबारे छलफल हुने बताइएको छ ।

टिप्पणीहरू