एमालेबाट मन्त्री भागबण्डाको फर्मुला ‘चेञ्ज’

एमालेबाट मन्त्री भागबण्डाको फर्मुला ‘चेञ्ज’

एमालेको समर्थनमा गठित वर्तमान सरकारमा एमाले र माओवादीले यसअघि बनाएको मन्त्रालय भागबण्डाको फर्मुला हिजो फेरिएको छ । संविधानतः ४ राज्यमन्त्रीसहित २१ मन्त्रालयमा २५ जनाभन्दा बढी मन्त्री नियुक्त गर्न नमिल्ने भएकाले एमालेले नयाँ फर्मुलाअनुसार भागबण्डाको सिध्दान्त अघि सारेको थियो । 

सोबमोजिम एमालेले ११ मन्त्रीको माग गर्दै आयो । तर,सात दलको समीकरणमा मन्त्रिमण्डल बिस्तार गर्नुपर्ने भएकाले उक्त हिसाबले काम नगर्ने माओवादी नेताहरुको अडान थियो । ११ बाट एमाले ९ मा अडिए पनि हिजो ८ मा झरेको छ ।

यसअघि एमालेले अघि सारेको मन्त्रीहरुको भागबण्डामा सरकारलाई समर्थन गरेका सांसदको संख्यालाई सम्बन्धित दलको सांसद संख्याले भाग गर्दा आउने अंकलाई आधार मान्ने भनिएको हो । जसअनुसार सरकारलाई समर्थन गरेका १६९ जना सांसदको संख्याले एमालेको ७८ सीटलाई भाग लगाउने । त्यसो गर्दा ० दशमलव ४६ आउँछ । त्यसलाई २५ ले गुणन गर्दा एमालेको भागमा ११ दशमलव ५४ मन्त्री पर्न आउने देखाएर त्यो दावी गरिएको थियो । 

तर अस्ति प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीचको भेटमा ८ सांसद बराबर एक मन्त्री पाउने गरी भागबण्डाको खाका बनाउने सहमति गरियो । जसअनुसार एमालेले मन्त्री र दुई राज्यमन्त्री तथा माओवादी केन्द्रले चार मन्त्री र एक राज्यमन्त्री पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीन मन्त्री,राप्रपाले ऊर्जासहित दुई र जनता समाजवादी पार्टी (जसपा) ले शहरी विकास तथा अर्को एक मन्त्रालय र जनमत,नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई एक–एक मन्त्रालय छुट्याइएको बालकोटनिकट एमालेजनको भनाइ छ ।

टिप्पणीहरू