गृहमन्त्री रविको मापदण्डलाई ‘पुरुष गर्भधारण’ को संज्ञा

गृहमन्त्री रविको मापदण्डलाई ‘पुरुष गर्भधारण’ को संज्ञा

हिजो बिस्तारित मन्त्रिमण्डलवारे विभिन्न कोणबाट चर्चा हुन थालेको छ । सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले छानेका मन्त्रीको बारेमा अनेक टीकाटिप्पणी भएको छ ।

त्यसमध्ये पनि पुराना नेता र पुराना राजनीतिक दलको धज्जी उडाउँदै नयाँ दल खोलेका रवि लामिछानेले हिजो छनौट गरेका श्रममन्त्रीको बारेमा सामाजिक सञ्जालमा तिखो व्यङ्ग्य गरिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता तथा एमालेनिकट पुराना पत्रकार मोहन बाँस्तोलाले गृहमन्त्रीसमेत रहेका लामिछानेको श्रम मन्त्रीको छनौटलाई ‘पुरुष गर्भधारण’ को संज्ञा दिएका छन् ।

उनले लेखेका छन्, ‘लामिछानेजीले जति नै कब्जियत ठीक हुनेगरी चिच्याए पनि उनलाई सबैभन्दा बढी आर्थिक सहयोग गर्ने विवादित व्यक्तिलाई मन्त्री नबनाई नहुने बाध्यता रहेछ । त्यसैले उनको देश बनाउने हुटहुटी पुरुषलाई गर्भधारणको रहर जस्तै हो ।’

हिजो नियुक्त श्रममन्त्री डोलप्रसाद अर्याल लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद र वैदेशिक रोजगार कम्पनीका एजेण्टसमेत हुन् । रवि सन २००२ मा अमेरिका गएझैँ उनी पनि ८ वर्ष जापानमा काम गरेर फर्केका थिए ।

टिप्पणीहरू