मेयर साम्पाङ अब घरघरमै जाने

मेयर साम्पाङ अब घरघरमै जाने

धरानका मेयर हर्क साम्पाङ मतदाताको सुख दुःख बुझ्न र कुरा सुन्न घरमै भेट्न जाने भएका छन् । 

चुनावमा बोलेको वचन जसरी पनि पुरा गरेरै छोड्ने अटोट लिएका राई अहिले जनश्रमदानमार्फत पानीको ब्यवस्थापनमा लागिपरेको देखिन्छ । आजै उनले आफ्नो आधिकारिक फेसबुक पेजमा मतदाताको घर आउने जानकारी दिएका छन् । 

उनले लेखेका छन् -"मलाई भेट्न अफिस आइरहनु पर्दैन । म आफै आउनेछु । तपाईंको घर आँगनमा प्राय: प्रत्येक दिन बेलुकी ४ बजे,आजको पालो धरान १ शिखर टोलको ।"

मेयर साम्पाङले आफ्नो सबै खाले गतिविधि फेसबुकमार्फत नै जानकारी दिने गर्दै आएका छन् । 

फेसबुकमा बिहान सबेरदेखि राती अबेरसम्म उनले दर्जनौं भनाई र फोटो / भिडियो पोष्ट गर्ने गरेका छन् । कतिपयले भने फेसबुकमा ज्यादा बस्ने र धेरै पोष्ट गर्ने भन्दै उनको यस्तो कार्यको आलोचना समेत गर्ने गरेको पाइन्छ ।

टिप्पणीहरू