एमालेका घिमिरेसँग भिड्ने नाम खोज्दै काँग्रेस

एमालेका घिमिरेसँग भिड्ने नाम खोज्दै काँग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने भएको छ । आज बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारीको बैठकले सभामुख पदमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

बैठकले उम्मेदवारको नाम भने टुंगो लगाएको छैन । प्रतिपक्षमा रहेका अरु दलसँग पनि छलफल गरेर मात्रै उम्मेदवार तय गरिने कांग्रेसले जनाएको छ । 

कांग्रेसमा विमलेन्द्र निधि र अर्जुननरसिंह केसी सभामुखको आकांक्षी छन् । संसद्को समीकरण हेरेर कांग्रेसले आफू उम्मेदवारी नदिएर एकीकृत समाजवादीलाई अघि सार्ने सम्भावना पनि छ । समाजवादीमा राजेन्द्र पाण्डे र भानुभक्त जोशी सभामुखका आकांक्षी छन् । 

यता, सत्तारुढ गठबन्धनबाट एमालेका देवराज घिमिरे उम्मेदवार बनेका छन् । संसदीय समीकरण अहिलेकै यथावत रहेमा घिमिरे सभामुख चुनिने निश्चित छ ।

सभामुखको मनोनयन दर्ताको समय आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ । मतदान भोलि हुनेछ ।

टिप्पणीहरू