मन्त्री नपाएर बाउँठिएका ज्ञानबहादुरलाई ह्विप लाउने जिम्म्मा

मन्त्री नपाएर बाउँठिएका ज्ञानबहादुरलाई ह्विप लाउने जिम्म्मा

जुम्लाबाट पूर्वपञ्चहरुको पार्टी राप्रपाका सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) संसदीय दलको प्रमुख सचेतक नियुक्त भएका छन् । पार्टी अध्यक्ष तथा दलका नेता राजेन्द्र लिङ्देनले आज उनलाई प्रमुख सचेतक तोकेका हुन् । 

सडकमा उग्र भाषण गरेर वाहवाही कमाएपछि राप्रपामा छिरेर सांसद भएका शाही मन्त्रीका आकांक्षी थिए । तर,प्रचण्ड नेतृत्वको सरकारमा एक राज्यमन्त्री र तीन क्याबिनेट मन्त्री पाएको राप्रपाले उनलाई मन्त्री बनाएन । 

पार्टीको जनाधार नै नभएको कर्णालीको जुम्लाबाट प्रत्यक्ष चुनाव जितेकाले मन्त्री हुनेमा ढुक्क रहेका शाही पार्टीले उचित भूमिका नदिएको भन्दै शाही असन्तुष्ट थिए । सोही कारण अध्यक्ष लिङ्देनले उनलाई 'थामथुम' पार्न प्रमुख सचेतकको जिम्मेवारी दिएको राप्रपा स्रोत बताउँछ ।

राजनीतिमा रातारात फड्को मारेका शाहीले आफू मन्त्री बन्ने भन्दै चुनावमा भोट मागेका थिए ।

टिप्पणीहरू