दलबलसहित देवराजले उम्मेदवारी दिए

दलबलसहित देवराजले उम्मेदवारी दिए

नेकपा एमालेका सांसद देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन् । 

केही बेरअघि बानेश्वरस्थित संसद भवनको लोत्से हलमा पुगेर एमाले उपाध्यक्ष सुवास नेम्वाङको प्रस्तावमा उनले उम्मेदवारी दर्ता गराएका हुन् । माओवादी केन्द्र संसदीय दलका प्रमख सचेतक हितराज पाण्डे, गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ऊर्जामन्त्री समेत रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन घिमिरेको समर्थक बसेका छन् । 

झापा–२ बाट निर्वाचित सांसद घिमिरे सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । भोलि हुने सभामुखको निर्वाचनका लागि आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । अहिलेसम्म घिमिरेबाहेक अरुको उम्मेदवारी नपरेको संसद सचिवालयले जानकारी दिएको छ ।

टिप्पणीहरू