प्रधानमन्त्री भेट्न पूर्वप्रदेश प्रमुख बालुवाटार पुगे

प्रधानमन्त्री भेट्न पूर्वप्रदेश प्रमुख बालुवाटार पुगे

एमाले नेता तथा पूर्वप्रदेश प्रमुख सोमनाथ अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । हिजो बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्रीलाई भेटेका हुन् । 

प्रधानमन्त्री भेट्न बिहान पौने ९ बजेतिर बालुवाटार छिरेका अधिकारी झन्डै एक घण्टा कुराकानी गरेर बाहिरिएको बताइएको छ । ०७४ को निर्वाचनपछि शेरबहादुर देउवाले नियुक्त गरेको प्रदेश प्रमुखलाई बिस्थापित गर्दै अधिकारी प्रदेश १ को प्रमुख बनेका थिए । केपी ओली प्रधानमन्त्री भएका बेला नियुक्ति पाएका अधिकारीलाई पछि देउवा सरकारले हटाएको थियो ।

टिप्पणीहरू