पूर्वराजाको बाउछोरा भेटेका मार्सीले पत्रकार सम्मेलन गर्ने

पूर्वराजाको बाउछोरा भेटेका मार्सीले पत्रकार सम्मेलन गर्ने

एमाले अध्यक्ष केपी शर्मा ओलीका अति निकट भनेर चिनिएका मेडिकल माफिया दुर्गा प्रसाईं उर्फ मार्सीले भोलि पत्रकार सम्मेलन गर्ने भएका छन् । उनले भोलि मध्यान्ह १२ बजे नारायणहिटी दरबार संग्रहालयको सामुन्ने पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

एमालेले संसदीय निर्वाचनमा टिकट नदिएपछि बिच्किएका उनी पछिल्ला दिनमा राष्ट्रवादीहरुलाई एकीकृत गर्ने अभियानमा जुटेको छु भन्छन् । सोही क्रममा उनले दरबार सामुन्ने रहेको होटल उडल्याण्डमा पत्रकार सम्मेलन गर्ने जानकारी दिएका छन् । 

उनै प्रसाईंले केही दिनअघि सिमरा पुगेर पूर्वराजा ज्ञानेन्द्र र उनका छोरा पारससँग भेट गरेका थिए । शाहलाई भेट्दा प्रसाईंले सांकेतिक रुपमा पञ्चायतकालीन पहेँलो रंगको पोशाक लगाएका थिए ।

यसअघि एमाले र तत्कालीन माओवादीका अध्यक्ष क्रमशः ओली र पुष्पकमल दाहाल प्रचण्डलाई भक्तपुरस्थित आफ्नै घरमा जुम्लाको मार्सी चामलको भात खुवाएपछि उनी मार्सी नामले चिनिन थालेका हुन् ।
 

टिप्पणीहरू