शव महाराजगञ्ज पुर्याएर फर्कियो सिम्रिकको हेलिकप्टर

शव महाराजगञ्ज पुर्याएर फर्कियो सिम्रिकको हेलिकप्टर

आइतबार बिहान पोखरामा यति एयरलायन्सको एटिआर बिमान दुर्घटनामा निधन भएकाहरुको शव महाराजगञ्जस्थित शिक्षण अस्पताल पुर्याएर सिम्रिक एयरको हेलिकप्टर फिर्ता भएको छ ।

आज बिहान ११ बजेर ८ मीनेटमा काठमाडौंबाट पोखरा प्रस्थान गरेको हेलिकप्टर शव पुर्याएर फर्किएको हो । 

कलसाइन एएलपी भएको हेलिकप्टरले १२ बजेर ५० मीनेटमा शव पुर्याएको थियो । त्यसपछि हेलिकप्टर एयरपोर्टतर्फ गएको बताइन्छ ।

टिप्पणीहरू