उपसभामुख छान्न कांग्रेस संसदीय दलको कार्यालयमा नेताहरुको हुल

सिंहदरबारस्थित नेपाली कांङ्ग्रेस संसदीय दलको कार्यालयमा आज बसेको बैठकले सभामुखमा ईश्वरी न्यौपानेको उम्मेदवारीलगायत अन्य विषयमा छलफल गरेको छ । 

सभामुख निर्वाचनबारे धारणा बनाउन बसेको बैठकले सभामुखमा कांङ्ग्रेसकी नेतृ न्यौपाने र उपसभामुखमा उम्मेदवारीबारे छलफल गरेको हो । 

बैठकमा कांङ्ग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल,उपाध्यक्ष राजेन्द्र पाण्डे,लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेता शरदसिंह भण्डारी, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, प्रमुख सचेतक रमेश लेखकलगायतको उपस्थिति थियो । 

सभामुखमा न्यौपानेले नै उम्मेदवारी दिने समाजवादीका नेता पाण्डेको दाबी छ । उपसभामुखमा उम्मेदवारीका लागि जसपा,लोसपा, समाजवादी र कांङ्ग्रेसबीच छलफलबाट टुंगो लाग्ने उनको भनाइ छ । साथै, संसदमा विश्वासको मत दिएतापनि समाजवादीले प्रतिपक्षको भूमिका निभाउने उनले बताए ।

टिप्पणीहरू