आफूखुशी बिदेशी भेट्न नपाइने

आफूखुशी बिदेशी भेट्न नपाइने

सरकारले किसानले उत्पादन गरेको उखुको समर्थन मूल्य तोकेको छ । क्याबिनेट बैठकपछि अर्थमन्त्री विष्णु पौडेलले दिनुभएको जानकारीअनुसार उखुको मूल्य प्रति क्विन्टल ५४१ रुपैयाँ कायम भएको छ । त्यसैगरी किसानको उखु चिनी मिलसम्म पुर्याउन लाग्ने ढुवानी खर्च सरकारले व्यहोर्ने भएको छ ।

त्यसैगरी राज्यले प्रदान गर्ने विभुषणमा आ–आफ्नो विधाका विभुषण अध्ययन समिति बनाउने निर्णय भएको छ । विश्वविद्यालय अनुदान आयोगमा प्राध्यापक डा. देवराज अधिकारीलाई नियुक्त गरिएको छ ।त्यसैगरी विदेशी कूटनीतिक नियोगका कुनै पनि प्रतिनिधिलाई राज्यको अन्य निकायले भेट्दा परराष्ट्र मन्त्रालयका एक जना प्रतिनिधि अनिवार्य रुपमा राख्नैपर्ने भएको छ ।

सरकारले केही सचिवहरुको पनि सरुवा गरेको छ । ऊर्जा, जलस्रोत तथा सिन्चाइ मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देललाई ऊर्जा,जलस्रोत तथा सिन्चाइ मन्त्रालयमा सरुवा गरिएको छ ।

आजदेखि सरकारको प्रवक्तामा सञ्चारमन्त्री रेखा शर्मालाई नियुक्त गरिएको जानकारी पनि दिइएको छ ।

टिप्पणीहरू