पर्सिदेखि तीन दिन सेना दिवस, पुस्तकालय अगाडि फोटो देखाइने

पर्सिदेखि तीन दिन सेना दिवस, पुस्तकालय अगाडि फोटो देखाइने

नेपाली सेनाले ‘सेना दिवस’ को अवसरमा विशेष प्रदर्शनी आयोजना गर्ने भएको छ । सेनाले पर्सि शुक्रबारदेखि चारदिने निःशुल्क ‘नेपाली सेना फोटो तथा युनिट विशेष प्रदर्शनी’ आयोजना गर्न लागेको हो । 

सैनिक मुख्यालय जंगी अड्डामा आयोजना हुने सो प्रदर्शनी माघ ६, ७, ८ र ९ गते केन्द्रीय पुस्तकायल अगाडिको मैदानमा हुनेछ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म प्रदर्शनी आयोजना गरिने नेपाली सेनाले जनाएको छ ।

प्रदर्शनीमा नेपाली सेनाको ऐतिहासिक विकासक्रम एवम् वर्तमानमा निर्वाह गरिरहेका गतिविधिहरुको झलक समेटिएका फोटो समावेश गरिने जनाइएको छ ।

टिप्पणीहरू