यो हो नि आफ्ना नागरिकप्रति राज्यको जिम्मेवारी

यो हो नि आफ्ना नागरिकप्रति राज्यको जिम्मेवारी

पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका आफ्ना नागरिकको शव बुझ्न दक्षिण कोरियाली सरकारी टोली काठमाडौँ आइपुगेको छ । 

कोरियन एयर केइ ६९५ को उडानबाट आज साँझ कोरियाली परराष्ट्र मन्त्रालयका अधिकारी पार्क सान्जिनसहित तीन जना काठमाडौँ आइपुगेका हुन् । 

आइतबार बिहान पोखरामा भएको यति एयरको विमान दुर्घटनामा दुईजना कोरियाली नागरिक (बाबु-छोरा) को ज्यान गएको थियो । उनीहरुको शव अहिले महाराजगन्जस्थित शिक्षण अस्पतालमा राखिएको छ ।

टिप्पणीहरू