लैंगिक सम्मेलनमा बङ्गलादेशी सचिवको सपरिवार

लैंगिक सम्मेलनमा बङ्गलादेशी सचिवको सपरिवार

काठमाडौंमा हुन लागेको लैंगिक तथा प्रजनन स्वास्थ्य सम्मेलनमा भाग लिन बंगलादेशको उच्चस्तरीय टोली काठमाडौं आइपुगेको छ । बंगलादेशबाट त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका सचिवको नेतृत्वमा टोली आएको बताइएको छ ।

सचिव सैफुल हसन बदलको नेतृत्वमा चार सदस्यीय टोलीले सम्मेलनमा सहभागिता जनाउने छ । टोलीमा त्यहाँको परिवार नियोजन निर्देशनालयका प्रबन्ध निर्देशक श्रीमती शहनआरा बानु,सोही निर्देशनालयका निर्देशक डा. मोहम्मद महमुदार रहमान र डा. नुरान नाहर बेगम छन् । 

सचिव सैफुल हसनसँगै श्रीमती र दुई छोरीहरु पनि काठमाडौं आएको नेपालस्थित बंगलादेशी राजदूतावास स्रोतले जनाएको छ । उनीहरु विमान बंगलादेशको उडान नम्बर बिजी ३७१ बाट आज बिहान साढे ११ बजे काठमाडौं आएका हुन् ।

टोली सोही विमानको उडानबाट आगामी शनिबार पौने १ बजे ढाका फर्कने बताइएको छ ।

टिप्पणीहरू