सभामुखको चुनावमा ठुस्किएका सिके राउतले के गर्लान् ?

सभामुखको चुनावमा ठुस्किएका सिके राउतले के गर्लान् ?

भोलि दिउँसो प्रतिनिधि सभाका सभामुखको चुनाव हुँदै छ । एमालेका तर्फबाट देवराज घिमिरे सभामुखको उम्मेदवार छन् । उनको पक्षमा सत्तामा रहेका सबै घटकको समर्थन रहेको भनिएको छ ।

सत्ता घटकमा रहेका भनिएका दलहरुको प्रतिनिधि सभामा १४५ जना सांसद छन् । जसमा एमालेका ७९,माओवादी केन्द्रका ३२,रास्वपाका २०, राप्रपाका १४ गरी १४५ जना भएकाले घिमिरेको पक्षमा भोलि हुने मतदानमा बहुमत पुग्ने निश्चित छ ।

त्यसैगरी सत्ता बाहिर रहेका दलहरुको सांसद संख्या १२४ देखिन्छ । जसमा नेपाली काँग्रेस ८८,जनता समाजवादी पार्टी, नेपाल (जसपा) १२, नेकपा एकीकृत समाजवादी १०, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका ४ नागरिक उन्मुक्ति पार्टी ३,  नेपाल मजदुर किसान पार्टी १, राष्ट्रिय जनमोर्चा १ र स्वतन्त्र ४ जनासमेत १३० सांसद सत्ता बाहिरका दलसँग रहेको देखिन्छ ।

तर, सत्तामा रहेको र मन्त्रीको शपथसमेत भइसकेको जनमत पार्टीसँग रहेका ६ जना सांसदले भोलिको मतदानमा पक्ष वा विपक्ष कता मतदान गर्लान् ? त्यो भने जिज्ञासाको विषय बनेको छ । यसबीच जनमत पार्टीका तर्फबाट गत पुस ११ गते बिना विभागीय र हिजो खानेपानी मन्त्रीमा नियुक्त अब्दुल खानले शपथ लिए पनि मन्त्रालयमा पदभार ग्रहण गरेका छैनन् । उक्त पार्टीले आकर्षकसहित थप मन्त्रालयको माग गरेको  छ ।

टिप्पणीहरू