सभामुखको चुनावअघि आरजू म्याडम दिल्लीबाट फर्कनुभयो

सभामुखको चुनावअघि आरजू म्याडम दिल्लीबाट फर्कनुभयो

सत्ताबाट हटेपछि पहिलोपटक दिल्ली जानुभएकी नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजू राणा देउवा आज स्वदेश फर्कनुभएको छ । उहाँ नेपाल एअरलाइन्सको आरए २१८ नम्बरको उडानबाट साँझ सवा ७ बजे काठमाडौं आउनुएको हो । 

डा. देउवा माघे संक्रान्तिको दिन दिउँसो २ बजेको नेपाल वायुसेवाको उडानमा त्यता जानुभएको थियो । गत वर्ष पछिल्लो पटक देउवा प्रधानमन्त्री बनेपछि उहाँको दिल्ली आउजाउ ह्वात्तै बढेको हो । भारतीय संस्थापन पक्षसँग सम्बन्ध सुधारका लागि स्वयम् देउवाले पत्नीमार्फत् भाजपाका विभिन्न नेतासँग संवाद शुरु गराउनुभएको त्यतिबेलै बताइएको थियो ।

केही महिना अघि पनि उहाँ स्वास्थ्य उपचारका लागि दिल्ली पुग्नुभएको थियो । त्यहाँको एउटा अस्पतालमा पाठेघरसम्बन्धी उपचार गराएकाले त्यसैको फलोअपस्वरुप त्यता गएको तत्कालीन समयमा प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जानकारी गराएको थियो ।

टिप्पणीहरू