पर्यटनमन्त्री काठमाडौं एअरपोर्टको निरीक्षणमा

पर्यटनमन्त्री काठमाडौं एअरपोर्टको निरीक्षणमा

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती आज बिहान सबेरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको छ । अस्ति नियुक्त मन्त्री किराती विमानस्थलको अनुगमन तथा निरीक्षणमा त्यहाँ पुग्नुभएको हो ।

‘मन्त्री ८ बजेको समयदेखि यहाँ आउनुभएको छ,’ विमानस्थल कार्यालय स्रोतले भन्यो । मन्त्रीसँगै निरीक्षणमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरसहित झण्डै एक दर्जन सहभागी छन् ।

टिप्पणीहरू