चिनियाँ राजदूत बालकोटमा

चिनियाँ राजदूत बालकोटमा

नेपालका लागि चिनियाँ राजदूत छेन सोङ शिष्टाचार भेटमा सक्रिय हुनुभएको छ । गत साता उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेपछि शिष्टाचार भेट थाल्नुभएको हो ।

सोही क्रममा उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ । राजदूत सोङ उहाँसँग शिष्टाचार भेटको निम्ति हिजो साँझ ओली निवास बालकोट जानुभएको हो । यसअघि उहाँले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि शिष्टाचार भेट गर्नुभएको थियो ।

टिप्पणीहरू