गृहमन्त्रीद्वारा नागरिकताको गाँठो फुकाउने आश्वासन

गृहमन्त्रीद्वारा नागरिकताको गाँठो फुकाउने आश्वासन

उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेले गैरआवासीय नेपाली संघका प्रतिनिधिहरुलाई नागरिकताको विषयमा परेको गाँठो फुकाउने आश्वासन दिएका छन् । 

सिंहदरबारस्थित गृह मन्त्रालयमा आफूलाई भेट्न पुगेका गैरआवासीय नेपाली संघ (एनआरएन) का प्रतिनिधिलाई गृहमन्त्रीले नागरिकताका सबै विषयलाई एकै ठाउँमा राखेर समाधानको प्रयास गरिने वचन दिएको बताइएको छ ।

मन्त्रीको भनाई उद्धृत गर्दै सहभागी एक जनालो भने, ‘नागरिकताको विषयलाई यसअघि देखि नै अनावश्यक ढंगले गिजोलिएको छ । अब गैरआवासीय नेपालीहरुले माग गरेबमोजिम नेपाली नागरिकताको मुद्दालाई समाधान गरिनेछ ।’

उनीहरुको माग पूरा गर्न गृह मन्त्रालय सक्षम रहेको मन्त्री लामिछानेको दाबी छ । एनआरएनहरुले दोहोरो नागरिकताको माग गर्दै आएका छन् । स्वयम् मन्त्रीको अमेरिका र नेपालको दोहोरो नागरिकता र राहदानीको विषय अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ ।

टिप्पणीहरू