राष्ट्रपति र सभामुखमा काँग्रेसले मुख नमिठ्याए हुन्छ : विष्ट

राष्ट्रपति र सभामुखमा काँग्रेसले मुख नमिठ्याए हुन्छ : विष्ट

नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्ता साझेदार दलहरुबीच संवैधानिक पदहरुको बाँडफाँट भैसकेको दावी गरेका छन् ।

प्रतिपक्षी कांग्रेसको समेत सहमतिमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायतका उच्च संवैधानिक पदहरु भागबण्डा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहल गरिरहेको चर्चाका बीच एमालेका प्रभावशाली नेताको यस्तो प्रतिक्रिया आएको हो । 

एमालेको जनवर्गीय संगठन प्रेस चौतारी रामेछापले आयोजना गरेको कार्यक्रममा बोल्दै विष्टले यसअघि नै सत्ता साझेदार दलहरुबीच सभामुख, राष्ट्रपति लगायतका पद भागबण्डा मिलिसकेकाले कांग्रेसले मुख मिठ्याउनुको अर्थ नभएको बताए ।

टिप्पणीहरू