'केपी ओलीले प्रधानमन्त्रीलाई पिंजडामा पार्न खोजेको हो ?'

'केपी ओलीले प्रधानमन्त्रीलाई पिंजडामा पार्न खोजेको हो ?'

नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पिंजडामा पार्न खोजेको आशंका गरेका छन् ।  

२०७४ सालमा आफू प्रधानमन्त्री भएका बेला उच्चस्तरीय राजनीतिक संयन्त्रलाई संविधानले नचिन्ने भन्दै अस्विकार गरेका ओली अहिले त्यस्तै संयन्त्रको संयोजक भएकोप्रति प्रश्न उठाउँदै उनले प्रधानमन्त्रीलाई अप्ठेरो पार्न खोजेको आशंका गरेका हुन् । 

‘०७४ सालमा उच्चस्तरिय संयन्त्र बनाऔं भन्दा यसलाई संविधानले नै चिन्दैन भन्नुभयो, तर अहिले तपाईं त्यही उच्चस्तरिय राजनीतिक संयन्त्रको संयोजक हुनुुहन्छ', शर्माले प्रश्न गरे, 'संविधानले नचिन्ने यो संयन्त्रको संयोजक किन बन्नुभयो? देशका प्रधानमन्त्रीलाई पिँजडामा पार्न?’ 

ओली प्रधानमन्त्री भएका बेला तत्कालीन नेकपाका अध्यक्षसमेत रहेका वर्तमान प्रधानमन्त्री प्रचण्डले कोभिड महामारीविरुद्ध लड्न प्रतिपक्ष नेपाली कांग्रेससहितलाई विश्वासमा लिएर काम गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको आवश्यकतामा जोड दिएका थिए । त्यसलाई ओलीले प्रधानमन्त्रीलाई कम्जोर पार्न संविधान बाहिरबाट गलत अभ्यास गर्न खोजेको भन्दै चर्को आलोचना गर्नुभएको थियो । 

तर,अहिले ओली आफैँ सत्ता साझेदार दलहरुले बनाएको राजनीतिक संयन्त्रको संयोजक बनेपछि संसद बैठकमा कुरा उठेको हो ।

टिप्पणीहरू