सिंहदरबारमा परराष्ट्रमन्त्री र भारतीय राजदूतको भेटवार्ता

सिंहदरबारमा परराष्ट्रमन्त्री र भारतीय राजदूतको भेटवार्ता

नवनिवयुक्त परराष्ट्रमन्त्री डा. विमला राई पौडेलसँग भेटवार्ता गर्न नेपालका लागि भारतीय राजदूत सिंहदरबार पुग्नुभएको छ । भेटघाटका लागि राजदूत मध्यान्ह १२ बजे परराष्ट्र मन्त्रालय पुग्नुभएको बताइएको छ । 

राजदूत श्रीवास्तव मन्त्री पौडेलसँगको भेटपछि १ बजे सिंहदरबारबाट बाहिरिनुभएको हो । भेटमा दुई मुलुकबीचको सम्बन्ध र आपसी हितका बारेमा कुराकानी भएको मन्त्रालय स्रोतको भनाइ छ ।

यसअघि हिजो मन्त्री पौडेलसँग नेपालका लागि कतारका राजदूतले भेट गर्नुभएको थियो । राजदूत युसुफ विन महोम्मद अल हैल पनि मन्त्री राईसँग शिष्टाचार भेटवार्ताको निम्ति हिजो मध्यान्ह बजे सिंहदरबार पुग्नुभएको थियो ।
 

टिप्पणीहरू