काँग्रेसका वरिष्ठ नेता पौडेल प्रधानमन्त्री भेट्न बालुवाटारमा

काँग्रेसका वरिष्ठ नेता पौडेल प्रधानमन्त्री भेट्न बालुवाटारमा

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न बालुवाटार पुगेका छन् । पौडेल संसद बैठक बोलाइएको समयभन्दा अगावै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएको बताइएको छ ।

पौडेलले प्रधानमन्त्री दाहालसँग बिहान ११ बजेको समयमा आधा घण्टा कुराकान गरेका हुन् । ११ बजे संसद बैठक बोलाइएको सन्दर्भमा काँग्रेस वरिष्ठ नेता पौने ११ बजे त्यहाँ गएका हुन् । 

प्रधानमन्त्रीसँग संक्षिप्त कुराकानी गरेपछि पौडेल सवा ११ बजे बालुवाटारबाट बाहिरिएको बताइएको छ । उता, नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान ११ बजेदेखि संसद बैठक बसिरहेको छ । आजको बैठकमा सभामुखको निर्वाचन गर्ने मुख्य कार्यसूची छ ।

टिप्पणीहरू