सिके राउतले उठौँ भनेपछि सांसदहरु जर्याजुरुक

सिके राउतले उठौँ भनेपछि सांसदहरु जर्याजुरुक

प्रतिनिधिसभाको जारी बैठकमा मधेश आन्दोलनमा शहीद भएकाहरुप्रति सांसदहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् । सभामुख चयन प्रक्रिया अघि बढिरहँदा जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकान्त राउत (सिके राउत) ले मधेश आन्दोलनमा शहीद भएकाप्रति उठेर श्रद्धाञ्जली व्यक्त गर्न आग्रह गरे । त्यसपछि सांसदहरुले उठेर श्रद्धाञ्जली व्यक्त गरेका हुन् । 

शहीदप्रति पनि विभेद भएको भन्दै राउतले आक्रोश व्यक्त गरेका थिए । सरकार गठनको बेलामा मात्र राष्ट्रिय सहमतिको कुरा उठ्ने गरेको भन्दै उनले मधेशी, थारुसहितलाई बाहिर राखेर राष्ट्रिय सहमति नहुने प्रष्ट पारेका छन् ।

टिप्पणीहरू